फोटो कथा

स्वीजरल्याण्ड भनेर चिनिने जिरी

नेपालको स्वीजरल्याण्ड भनेर चिनिने दोलखाको पर्यकीयस्थल जिरी । तस्बिरः गोकर्णप्रसाद भण्डारी/रासस

विद्युतीय सवारीसाधन

काठमाडौँको चोभारस्थित चोभार सुख्खा बन्दरगाह परिसरमा भन्सार जाँचपासका लागि राखिएका विद्युतीय सवारीसाधन। तस्बिरः हरिराम भेटुवाल/रासस

मह काढ्न जङ्गलतर्फ जाँदै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारीहरु भिरमह काढ्न लागि आवश्यक सामग्रीहरु बोकेर जङ्गलतर्फ जाँदै । स्वाँतका भिरमा हरेक वर्षको जेठ महिनाको पहिलो हप्ताबाट महशिकार गर्ने चलन छ । तस्बिर: सन्तोष गौतम/

पर्यटकीय आवास

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ चेरामस्थित पर्यटकहरु बस्न निर्माण गरिएका भवन तथा टेन्टहरु। यही मार्ग हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पुगिन्छ। तस्बिर: दिलकुमार लिम्बू/रासस

पर्यटकीय गाउँ घान्द्रुक र हिमाली दृश्य

कास्कीको अन्नपूर्ण गाउँपालिकामा अस्वस्थित पर्यटकीय गाउँ घान्द्रुक र  हिमाली दृश्य । तस्बिरः राधिका कँडेल/रासस

निःशुल्क पशु स्वास्थ्य शिविरमा कृषक

म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं ३ पिप्लेमा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा पशु जाँच गराई औषधि लिन आएका कृषक । शिविरबाट २०२ जना कृषकले सेवा लिएका छन् । तस्बिरः ध्रुवसागर

मेलम्चीको पानी वितरण कार्य शुभारम्भ

खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिंहदरबारमा धारामा आएको मेलम्चीको पानी पिएर वितरण कार्यको औपचारिक रुपमा शुभारम्भ गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट/रासस

पूर्वकै पर्यटकीय नगरी भेडेटार बजार

धनकुटा र सुनसरीको सिमानामा अवस्थित धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ मा रहेको पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको भेडेटार बजार । चुरेमा अवस्थित यो नगर पूर्वी नेपालको तराईबाट धनकुटा

मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ विमोचन

गोरखापत्र संस्थानबाट प्रकाशित मधुपर्क मासिक पत्रिकाको बन्दीपुर विशेषाङ्क सोमबार नारायणगढमा विमोचन गरिँदै । बन्दीपुर गाउँपालिका, तनहुँ र बन्दीपुर विकास समिति (तालपार्क) चितवनद्वारा उद्योग वाणिज्य सङ्घ चितवनको सभाहलमा आयोजित कार्यक्रममा विशेषाङ्क

सगरमाथा संवादका सहभागी स्वदेशी तथा विदेशी पाहुना

सगरमाथा संवादको आइतबार काठमाडौँमा समापन कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी पाहुनाहरू । तस्बिरः रत्न श्रेष्ठ/रासस