फोटो कथा

आमा सम्मान गर्दै विद्यार्थी

तुलसीपुर उपमहानगरपालिका–६ स्थित डिभाईन टेम्पल एकाडेमीमा आइतबार मातातीर्थ औँसीको अवसर पारेर ससाना विद्यार्थीका सम्पूर्ण मातालाई बोलाएर सम्मान गराउँदै । तस्बिरः दीपक बोहरा/रासस

मातातीर्थ कुण्डमा भक्तजन

मातातीर्थ औँशीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा आमा नहुने भक्तजनको घुइँचो । मातातीर्थ औँशीका अघिल्लो रात माथातीर्थ कुण्ड परिसरमा भक्तजनहरु जाग्राम बसेर आमाको स्मृतिमा बत्ती बाल्ने परम्परा रहेको

घोषणा कार्यक्रममा नौमती बाजा बजाइँदै

गुल्मीको चन्द्रकोट गाउॅपालिकामा आइतबार पूर्ण संस्थागत प्रसूति पालिका घोषणा कार्यक्रममा नौमती बाजा बजाउॅदै स्थानीय वाद्यवादकहरू । तस्बिरः जनार्दन घिमिरे/गुल्मी

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

ललितपुरको कुपोन्डोलमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले शनिबार आयोजना गरेको पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड कार्यक्रममा विभिन्न विधामा अवार्ड प्राप्त गर्नुभएका फोटो पत्रकारहरु प्रमाणपत्रसहित सामूहिक तस्बिरमा । तस्बिर / रासस

राजमार्गमा मार्किङ

मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा मार्किङ (सङ्केत) गरी आकर्षक बनाइएको सडक । अन्तिम कालोपत्रे सकिएको ठाउँमा सडक मार्किङलाई अगाडि बढाइएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

फोटो प्रदर्शन अवलोकन गर्दै स्थानीय बासिन्दा

गोरखा जिल्लाको उत्तरी भेग बारपाकमा फोटो पत्रकार प्रकाश तिमिल्सिनाको ‘बारपाक भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शन’को अवलोकन गर्नुहुँदै स्थानीय बासिन्दा । तस्बिरः रत्न श्रेष्ठ/रासस

कबाड सङ्कलन गर्दै

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर-१स्थित दुर्गाचोकमा शुक्रबार बिहान बाटो छेउमा कबाड सङ्कलन गर्दै बालकहरू । तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

मौरी हेरचाह गर्दै भट्टराई

सुनसरीको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले आफुले पालेको मौरीको हेरचाह गर्दै । उहाँले अहिले युरोपेली मेलिफेरा जातको ६२ वटा घार मौरी पालिरहनुभएको छ । तस्बिरः सङ्गीता राई/रासस

दीप प्रज्वलन

विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पमा परि दिवंगत हुनु भएका वारपाक क्षेत्रका ७२ जना स्थानीयको सम्झनामा वारपाक मित्रता समाजद्वारा शुक्रबार गरिएको दीप प्रज्वलन । तस्बिर : रत्न श्रेष्ठ/रासस

नेपाल र भारतका उर्जामन्त्री मुक्तिनाथमा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतीय उर्जामन्त्री मनोहरलाल खट्टर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथ मन्दिर दर्शनपश्चात् सामूहिक तस्बिरमा। तस्बिर : रासस