
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले छलफल गर्दै । तस्बिर / रासस

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ शुक्रबार काठमाडौँमा आयोजित सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्नुहुँदै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

शुक्लाफाँटा नगरपालिका-१० झलारीका किसान चैते धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/ रासस

पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुल्चोक ६ लेनको सडकखण्डको संयुक्त रुपमा शिलापत्र अनावरण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर/रासस

गोदावरी नगरपालिका– १ लाई ‘बालमैत्री वडा घोषणासभा’ कार्यक्रममा मन्टेश्वरीका बालबालिका नृत्य प्रस्तुत गर्दै । तस्बिर : अर्चना झा/रासस

नेपाल र चीनको सिमानामा रहेको कोरला नाका क्षेत्रमा चिनियाँ व्यापारीले राखेका पसल । नाका अवलोकन गर्न पुगेका नेपाली पर्यटकलाई लक्षित गर्दै उनिहरुले पसल सञ्चालनमा ल्याएका हुन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस

सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित भेरी नदीमा खटाङ्ग पर्यटन मोटरबोट सर्भिसले सञ्चालनमा ल्याएको मोटरबोट । पर्यटकलाई लक्षित गरी भेरी नदीस्थित पक्की पुल नजिकैबाट मोटरबोट सञ्चालनमा ल्याईएको हो । तस्बिर: सुरेश आचार्य/रासस

मुस्ताङको पाँच गाउँपालिकाको आयोजनामा समुद्री सतहदेखि चार हजार ६१० को उचाइमा रहेको नेपाल–चीन उत्तरी कोरला नाकाबाट आजदेखि सरसफाइ सुरु गरिँदै । धार्मिक तथा पर्यटकीय स्थानहरु,जलवायु सङ्कट तथा वातावरणीय प्रदूषण न्यूनीकरण

इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेच्न बसेका महिलाहरु । यहाँ प्रत्येक वर्ष वैशाख ३ गते मेला लाग्ने गर्छ । मेलाको दिन थानमा फूलघोडा चढाउँदा मनोकामना पुराहुने धार्मिक

काठमाडौँको टोखामा बुधबार बिस्का जात्रा मनाउँदै टोखाका स्थानीयवासी। तस्बिरः हरिराम भेटुवाल/रासस