
सुनसरीको इनरुवा नगरपालिका-९ मा देखिएको सेताे साँवरी (ब्लाक हेडेड आइबिज) चरा । तस्बिरः नवीन गड्तौला/रासस

राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसका अवसरमा सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा पुरस्कृत व्यक्तित्वहरु सामूहिक तस्बिरमा । तस्बिरः नवीन पौडेल/रासस

मुगुको छायाँनाथ रारा नगरपालिकास्थित रारा राष्ट्रिय निकुन्ज भित्र रहेको रारा ताल र तालकोे किनारमा चर्दै गरेका भेडा । तस्बिर : हेमन्त केसी/रासस

चितवनको कुमरोज सामुदायिक वनको दराईबोटे ताल नजिक साेमबार देखिएको दुर्लभ एक सिंगे गैँडा। पछिल्लो समय कुमरोजमा वन्यजन्तुहरुको वासस्थान संरक्षण भएपछि यहाँ बाघ, गैँडा, हात्ती, चित्तल, भालु, चराचुरुङ्गीलगायतको उपस्थिति बाक्लाे देखिन

चालिस वर्षभन्दा माथि उमेर समूहका नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने उदेश्यले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ स्थित गुमी स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामी । शिविरमा

दाङको घोराही उपमहानगरपालिका–१५, जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फुलेको गुलमोहर । तस्बिरः रञ्जिता अधिकारी/रासस

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ जाँदै आन्तरिक पर्यटक । आठ हजार ५८६ मिटर उचाइको यो हिमशृङ्खला साहसिक यात्राका पारखीका लागि आकर्षक गन्तव्य बनेको

काठमाडाैँकाे पुतलीसडकस्थित स्टारमलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा चलचित्र ‘ऊनको स्वीटर’ काे बारेमा जानकारी दिनुहुँदै अभिनेता विपिन कार्की, अभिनेत्री मिरूना मगरलगायत । तस्बिर : भेषराज कार्की/ रासस

मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र गङ्गापूर्ण ताल । गाउँको नामबाट नै जिल्लाको नामकरण गरिएको हो । तस्बिरः नवीन लामिछाने/रासस

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार रत्नपार्क, शान्तिबाटिकाबाट भृकुटीमण्डपसम्म आयोजना गरेको प्रभातफेरीमा सहभागी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मालगायत पत्रकारहरु। तस्बिर : हरिराम भेटुवाल/ रासस