फोटो कथा

चारोको खोजीमा उड्दै गरेका सुगा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ स्थित जोनापुरका किसानको खेतमा चारोको खोजीमा उड्दै गरेका कण्ठे सुगा । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

दाउराको जोहो

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ पातलगङ्गाका थारु समुदायका महिला खान पकाउनका लागि दाउरा लिएर घरतर्फ जाँदै । उनीहरु फुर्सदको समयमा दाउरा जोहो गर्ने गर्छन् । तस्बिरः लेखबहादुर बुढा/रासस

नेपाल कम्युनिस्ट पार्टी ७६औँ स्थापना दिवस

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६औँ वर्ष प्रवेशका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित समारोहमा सहभागी हुनुहुँदै । तस्बिर/रासस

विश्वको अग्लो स्थानमा पहिलोपटक जिप

डोल्पाको छार्काताङसोङ गाउँपालिकाको छार्काभोटमा पहिलोपटक पुग्यो बोलेरो जिप । समुद्र सतहदेखी चार हजार तीनसय मिटरको उचाइमा पर्ने विश्वकै अग्लो मानव बस्ती रहेको छार्काभोटमा गण्डकी करिडोर हुँदै मुस्ताङबाट दुईवटा जिप सोमबार

स्वास्थ्य विमा दर्ता सहयोगीलाई नगरपालिकाद्वारा साइकल प्रदान

रामधुनी नगरपालिकाले प्रदान गरेको साइकल लिएपछि प्रसन्न मुद्रामा देखिएका स्वास्थ्य विमा दर्ता सहयोगीहरु । स्वास्थ्य विमा विस्तार गर्न सहजकर्ताको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले १२ जना स्वास्थ्य विमा दर्ता

रोपाँइ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान खेतमा चैते धान रोप्दै । छोटो अवधिमै पाक्ने र धेरै प्रतिफल दिने हुँदा चैते धान खेतीप्रति किसानको आकर्षण बढेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

बिक्रीमा काठका सामग्री

मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टेखोलामा शनिबारदेखि सुरू भएकाे याकको आलो रगत पिउने मेलामा बिक्रीको लागि राखिएकाे काठाबाट निर्मित विभिन्न सामाग्री । तस्बिर: सुशीलबाबू थकाली / रासस

कोशी कटान क्षेत्रमा पौडी खेल्दै युवा

सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा शनिबार पौडी खेल्दै स्थानीय युवा । पूर्वी तराईमा गर्मी बढेसँगै जलासय , खोला,नदीमा पौडी खेल्न युवायुवतीको भीड लाग्न थालेको छ ।तस्बिर : नवीन गड्तौला/रासस

सेफहरुद्वारा पर्यटन व्यवसायी शाक्यलाई सम्मान

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित ‘खाना महोत्वस–२०२५’ मा सहभागी सेफहरुले पर्यटन व्यवसायी कर्ण शाक्य सम्मान तथा अवार्ड प्रदान गरिँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधी खुवाउँदै

नवलपुरको कावासोतीमा बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधी खुवाउँदै स्वास्थ्य स्वयंसेविका । राष्ट्रिय अभियान अन्तर्गत सरकारले शनिबार र आइतबार देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने तालिका छ ।