फोटो कथा

हिमाली झोपा

मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनी गाउँ माथिको उच्चलेक भ्रप्सोमा हिमाली लोपोन्मुख झोपा । मुस्ताङका किसानले हिमाली झोपालाई खेतबारी जोत्न र भारी बोकाउने काममा प्रयोग गर्ने गर्छन् । तस्बिर/रासस

तीनजुरे क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित तीनजुरे क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँस मध्ये गुराँसको राजधानी मानिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका लालीगुराँस पाइन्छ । तस्बिरः नवीन

वायुप्रदूषण

काठमाडौँको कोटेश्वरबाट बिहीबार देखिएको वायु प्रदूषणका कारण तुवालोले ढाकेको आसपासको क्षेत्र । पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकामा वायुप्रदूषण बढेकाले आँखा पिरो हुने, घाँटी खसखसाउने जस्ता समस्या देखिएको छ ।

बिमस्टेक समिटअन्तर्गत २०औँ मन्त्रिस्तरीय बैठकका सहभागी

थाइल्याण्डको बैङ्ककमा आयोजित छैठौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)समिटअन्तर्गत २०औँ मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा लगायत सहभागीहरु । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

चैती छठका श्रद्धालु भक्तजन

धनुषाको विदेह नगरपालिका–५ एकराहीस्थित पोखरी घाटमा बिहीबार चैती छठ पूजाका लागि पूजा सामग्री र साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न उपस्थित श्रद्धालु भक्तजनहरू। ।तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

सामूहिक तस्बिरमा राष्ट्रपति पौडेललगायत

राष्ट्रपति रामचन्द्र पौडेललगायत सार्वजनिक सेवा प्रसारण नेपाल (रेडियो नेपाल)को ७५औँ वाषिकोत्सव (हीरक महोत्सव) समारोहमा बुधबार उत्कृष्ट योगदान गरेबापत् कर्मचारीहरुलाई सम्मान गरेपछि सामूहिक तस्बिरमा । तस्बिरः प्रदीपराज वन्त/रासस

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच बुधबार बैंककको सरकारी भवनमा भेटवार्ता हुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

विधिपूर्वक हात्तीको नामकरण गरिँदै

चितवन राष्ट्रिय निकुञ्जको सौराहा खोरसोरमा रहेको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा बुधबार विधिपूर्वक हात्तीको छावाको नाम ‘दीपगज’ नामकरण गरिँदै । तस्बिरः कृष्ण आचार्य/रासस

अन्नपूर्ण आधार शिविरमा टेन्ट (फाेटाे फीचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले राखेको क्याम्प । बसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरुको टोलीको आधार शिविरमा चहलपहल बढेको छ । तस्बिर: सन्तोष गौतम / रासस

धर्मस्थलीमा पाहाँ चःरे जात्रा मनाइँदै

काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजारमा मङ्गलबार पाहाँ चःरे जात्रा मनाउँदै धर्मस्थलीवासी। तस्बिरः हरिराम भेटुवाल/रासस