फोटो कथा

मौरीपालन

तनहुँको बन्दीपुर गाउँपालिका–२ सरपानीमा प्रदेशस्तरको व्यावसायिक किट विकास केन्द्रमा गरिएको मौरीपालन । यहाँ किट विकास कार्यक्रमअन्तर्गत मौरीपालनसँगै रेशम कीरा पालन र च्याउ खेतीको कार्यक्रम सञ्चालनमा छ । तस्बिर/रासस

चियाबगानमा पर्यटक

इलामकाे देउमाई नगरपालिकास्थित चियाबगानमा सोमबार नयाँ वर्षको अवसर पारेर घुम्न आएका आन्तरिक पर्यटक । तस्बिर/रासस

परराष्ट्रमन्त्री डा राणासहित राजदूतहरु इलाममा

इलामको पर्यटकीयस्थल कन्याममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा नेपालका लागि विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरु । परराष्ट्र मन्त्रालयद्वारा नयाँ वर्ष २०८२को अवसरमा आयोजित ‘रिट्रिट’ कार्य्रकममा परराष्ट्रमन्त्री डा राणासहित नेपालस्थित

झरना महोत्सव

नुवाकोटको शिवपुरी गाउँपालिका-६ स्थित गुर्जे खोलामा शनिबार आयोजना गरेको छोङ छोङ झरना महोत्सवमा आएका सर्वसाधारण ।तस्बिर : हरिराम भेटुवाल/रासस

हनुमान जयन्तीको झाँकी

हनुमान जयन्तीका अवसरमा भैरहवाको रामजानकी हनुमान मन्दिर सेवा समितिले निकालेको शोभायात्रामा हनुमान भेष धारणा गरेका श्रद्धालु भक्तजन । तस्बिरः राधेश्याम विश्वकर्मा/रासस

पत्रकार रजकका परिवारलाई सहयोग हस्तान्तरण गर्दै समाजवादी प्रेस संगठनका प्रतिनिधि

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आगजनीमा परेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग हस्तान्तरण गर्दै समाजवादी प्रेस संगठनका प्रतिनिधिहरु। तस्बिर :कृष्णराज गौतम/रासस

नेशनल हटिकल्चर एक्स्पोमा बिक्री गर्न राखिएका फूल

काठमाडौँको भृकुटीमण्डपमा नर्सरी व्यावसायी सङ्घ नेपालको आयोजना ‘नेशनल हटिकल्चर एक्स्पो २०८१’ स्टलमा बिक्रीका लागि राखिएका फूल । तस्बिरः हरिराम भेटुवाल/रासस

साम्दोमा हिमपात

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित साम्दोमा भएको हिमपात । तस्बिरः दीपक श्रेष्ठ/रासस

नेपाल उद्योग वाणिज्य महासङ्घको वार्षिक साधारणसभा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस–२०८१ कार्यक्रम उद्घाटन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

राष्ट्रपति पौडेलसँग नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकलदर्जा

राष्ट्रपति रामचन्द्र पौडेलसँग काभ्रेको पाँचखालमा बिहीबार अन्समिल मिसन लिवियामा जाने नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकलदर्जा सामूहिक तस्बिर खिचाउँदै । तस्बिर/रासस