
मुस्ताङको घरपझोङ गाउँपालिका-४ स्थित चेछेन कुङ्गा छेखोरलिङ गुम्बा र धौलागिरी र मानापाथी हिमाल । यस गुम्बाबाट देखिने मनोरम दृश्यले मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ

नेकपा (एमाले)ले जागरण अभियान अन्तर्गत सोमबार काठमाडौँमा निकालेको मोटरसाइकल र्याली । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा काठमाडौँको तिनकुनेबाट निकालिएको र्याली भक्तपुरको सल्लाघारीमा सकिनेछ । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ, १८ चैत । ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान

जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा होलीको दिन हत्या भएका १७ वर्षीय आँशु यादवको हत्यारालाई कारबाही गर्न माग गर्दै स्थानीयहरुले आइतबार जलेश्वर जनकपुरधाम राजमार्गको मुख्य सडकमा टायर बालेर सडक अवरुद्ध गर्दै। तस्बिरः निरञ्जनकुमार

मुस्ताङको जोमसोमबाट वारागुङ मुक्तिक्षेत्रको कागबेनी, झोङ, पुटाक, छेङ्गुरहुँदै मुक्तिनाथ प्रस्थानका लागि साइकलयात्रामा निक्किएका इजरायली पर्यटक । तस्बिर ः सुन्दरकुमार थकाली/रासस

मनाङ चामेगाउँपालिका–१ तिमाङ जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा सेताम्मे डाँफे लेक हिम शृङ्खला। तस्बिरः नवीन लामिछाने/रासस

पूर्वराजा समर्थकद्वारा शुक्रबार काठमाडौँमा आयोजना गरिएको प्रदर्शनको क्रममा सञ्चारमाध्यममाथि भएको आक्रमण र रिपोर्टिङका क्रममा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घकाे नेतृत्वमा देशभरका

सुनसरीको इनरुवा नगरपालिकामा शनिबार आयोजना गरिएको तेस्रो ‘इनरुवा रन’मा सहभागी धावकहरु । तस्बिर: नवीन गड्तौला/ रासस

नेपाल पत्रकार महासङ्घको ७०औँ स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले आयोजना गरेको म्याग्दी र बागलुङका पत्रकारहरुबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा विजेता र उपविजेताहरु ट्रफीसहित खुसीयाली मनाउँदै । तस्बिर/रासस

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङमा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन । सङ्घीय सरकारको रु ७ करोड १९ लाख लागतमा आधारभूत अस्पताल भवन निर्माण गरिएको हो । तस्बिर: सुन्दरकुमार