
इलामको देउमाई नगरपालिकामा चियापत्ती टिप्दै मजदुर । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिप्न सुरु गरिएको छ । तस्बिर: टीका खतिवडा/रासस

दाङको गढवा गाउँपालिका -५ बाँकीका स्थानीय थारु समुदायका महिला वनबाट दाउरा लिएर फर्किँदै । गाउँमा खाना बनाउने इन्धनको रूपमा दाउरा प्रयोग गर्ने गरिन्छ । तस्बिर : रञ्जिता अधिकारी/ रासस

सगरमाथा आधार शिविरमा आरोहणको लजिष्टिक व्यवस्थापनका लागि बनाइएका शिविर । वसन्त ऋतुको हिमाल आरोहणका लागि अहिले सगरमाथाको आधार शिविरमा आरोही र व्यवस्थापनका लागि चहलपहल बाक्लिएको छ । तस्बिर /रासस

घरपझोङ गाउँपालिका-३ जोमसोमबाट देखिएको ठिनीगाउँ र पृष्ठभूमिमा सेताम्मे निलगिरि हिमाल आसपासका क्षेत्र । ठिनीगाउँ पछिल्लो केही वर्ष यता सामुदायिक होमस्टेका रुपमा परिचित छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा मङ्गलबार बालुवाटारमा आयोजित सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत । तस्बिर/रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको जहाज मङ्गलबार अवतरणका क्रममा । गत हप्ता पोखराबाट छेन्दुका लागि पहिलो व्यवसायिक चाटर्ड उडानमार्फत् पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित पञ्चमुखी गणेश मन्दिर परिसरमा सोमबार सन्ध्या आरती गरिँदै । यहाँ ६१ फिट अग्लो पञ्चमुखी गणेश मूर्ति निर्माणपछि धार्मिक पर्यटनका लागि नयाँ आकर्षण बन्दैछ।तस्बिर : युनिश गुरुङ/रासस

विश्व क्षयरोग दिवसको अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको प्रभातफेरीमा सहभागीहरु। तस्बिर: सुरेश आचार्य/रासस

मुस्ताङमा साइकल चढेर मनोरञ्जन लिँदै विदेशी पर्यटक । तस्बिरः सुशीलबाबु थकाली/रासस

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाहीबाट करिब चार किलोमिटर टाढा घोराही बजारमा आज बिहान तरकारी बिक्री गर्न आएका थारु महिला । गाउँमा सङ्कलन केन्द्र नभएको र सबै खपत पनि नहुने हुँदा