
शनिबार साँझ परेको हिमपातका कारण हिउँले ढाकिएको पाथीभरा मन्दिर । तस्बिरः सन्तोष पुर्कुटी/रासस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार राष्ट्रपति भवन, शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय/रासस

तेत्तिसौँ विश्व पानी दिवसको अवसरमा लहान नगरपालिकाको समन्वयमा दलित जनकल्यान युवा क्लबद्वारा लहान–१६ स्थित तरेगणामा आयोजित पदयात्राका सहभागीहरु। तस्बिर/रासस

सर्लाहीको बागमती नगरपालिका–८ शंकरपुरस्थित हावाहुरीसहित शनिबार बिहान परेको असिना पानीले क्षति पु¥याएको मकै खेत। तस्बिरः विश्वनाथ ठाकुर/रासस

बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा शनिबार परेको हिमपात । तस्बिर : डम्मर बुढामगर/रासस

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण पश्चात् विभिन्न क्षेत्रका पुरस्कृत व्यक्तित्वसँग सामूहिक तस्बिरमा । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयमा बिहीबार एसइई परीक्षा दिँदै विद्यार्थीहरू । तस्बिर : ध्रुव ढकाल/रासस

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुहुँदै नेपाल भ्रमणमा रहनुुभएका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

मुस्ताङको घरपझोङ गाउँपालिका–४ पक्की पुलबाट देखिएका कालीगण्डकी नदी माथि पुनःनिर्माण पछिको व्यवस्थित काठेपुलसँगै जोमसोम बजार, हिउँसहितको धौलागिरि र निलगिरि हिमाल । तस्बिरः सुशीलबाबु थकाली/रासस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरस्थित केराको बोटमा बसेर हरियो गहुँको बालामा भएको गहुँको गेडा खाँदै कण्ठे सुगा । यस प्रजातीको सुगा आहाराको खोजीमा दिनभर किसानको खेतबारीमा रहने र रात परेपछि बासस्थानका