फोटो कथा

मूलाको प्रतिमा

मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङस्थित अर्ग्यानिक भिलेज रिसोर्टमा करिब ५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको मूलाको प्रतिमा । चित्लाङमा उत्पादन हुने मूलाको प्रर्बद्धनको लागि मुलाको प्रतिमा बनाइएको हाे । तस्बिर :

आकाशमा उडदै गरेका सिलसिले हाँस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित झारखण्डी तालको माथि उडदै गरेका नेपालमा पाइने सिलसिले हाँसको बथान । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

स्ववियु निर्वाचनमा मतदान गर्दै विद्याथी

रौतहटको चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्याम्पसमा मङ्गलबार स्ववियु निर्वाचनमा मतदान गर्दै विद्यार्थी । उक्त क्याम्पसमा दुई हजार ८५४ जना विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् । तस्बिरः रमेश तिमलसिना/रासस

पोखरा विमानस्थलमा चिनियाँ पर्यटक

चीनको छेन्दु प्रान्तबाट सिचुवान एयरलायन्सको जहाजमार्फत पोखरा आउनुभएका चिनियाँ पर्यटक । नेपालका लागि चिनियाँ राजदूत छन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले उहाँहरुलाई पोखरा विमानस्थलमा आज

पाथीभराको दर्शन गरेर फर्कँदै तीर्थयात्री

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरी भरियामार्फत् घर फर्कँदै गरेका तीर्थयात्री । हिँड्न नसक्ने भक्तजनहरूले भरियाको सहयोगमा पाथीभराको दर्शन गर्ने गरेका छन् । तस्बिरः सन्तोष पुर्कुटी/रासस

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरिँदै । महासङ्घका अध्यक्ष अर्जुुनकुमार

फ्लोरा एक्स्पोमा राखेका फूल हेर्दै सर्वसाधारण

फ्लोरिकल्चर एशोसिएसन नेपालले काठमाडौँको भृकुटीमण्डपमा चैत १ देखि ४ गतेसम्म आयोजना गरेको २६ औँ फ्लोरा एक्स्पोमा राखेका फूल खरिदका लागि हेर्दै सर्वसाधारण ।तस्बिर : हरिराम भेटुवाल/रासस

सम्डुप छोर्तेन र निलगिरि हिमाल

मुस्ताङको लो९घेकर दामोदर कुण्ड गाउँपालिका-१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप छोर्तेन र पृष्ठभूमिमा निलगिरि हिमाल । कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने सम्डुप छोर्तेनको तिब्बतीयन भाषामा सम भनेको मन

गोरूगाडामा बाँस ढुवानी

मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वपश्चिम लोकमार्गमा गोरूगाडाको सहायताले बिक्रीका लागि बाँस ढुवानी गरिँदै। मालबाँस घनाको रू ३ सय तथा झपटाबाँस रू ३ सय ५० मा खरिदबिक्री हुने गरेको छ ।

पाथीभरा क्षेत्रमा डस्टबिन लगिँदै

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा डस्टबिन ओसार्दै भरिया । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा पदमार्गसहित मन्दिर परिसरको फोहर व्यवस्थापनका लागि तत्काल तीन दर्जनभन्दा बढी ठूलो आकारका डस्टबिन राख्ने