फोटो कथा

पदमार्गको नक्सा सार्वजनिक

म्याग्दीको अन्नपूणर्ण, धौलागिरि, मौरिस हर्गोज पदमार्गलगायतको नक्सा बेनीमा शनिबार बिहान सार्वजनिक गरिँदै । समुदायको अगुवाईमा तयार पारिएको नक्सा संविधानसभा सदस्य गोविन्द पौडेल, पूर्वप्रतिनिधीसभा सदस्य भुपेन्द्र थापालगायतले सार्वजनिक गर्नुभएको हो ।

जोमसोम र आसपासका क्षेत्र

मुस्ताङको घरपझोङ गाउँपालिका—४ जामसोमको खेतीयोग्य फाँट र आसपासका क्षेत्रहरू । यहाँ स्याउ लगायत रैथाने बाली उवा,फापर,जौ,आलु ,सिमी र बोडी लगायत उत्पादन हुन्छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

धम्म यात्राको क्रममा श्रामणेर

रुपन्देहीको भैरहवामा निकालिएको बृहत् श्रामणेर प्रवज्या तथा धम्म यात्राको क्रममा भैरहवाको बुद्ध चोकमा सुस्ताउदै श्रामणेरहरु । लुम्बिनीमा प्रवज्या गरिएका ५०० भिक्षुहरु यात्रामा सहभागी हुनुहुन्छ । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

छोसेर गुफा

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको छोसेर (झोङ) गुफा । उपल्लो मुस्ताङको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यस गुफा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ

एक्स्पोमा सजाएर राखेका फूल

फ्लोरिकल्चर एसोसिएसन नेपालले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा चैत १ देखि ४ गतेसम्म आयोजना गरेको २६औँ फ्लोरा एक्स्पोमा सजाएर राखेका फूल । तस्बिरः हरिराम भेटुवाल/रासस

आमाहरुको फुटबल प्रतियोगिता

म्याग्दी, १ चैत । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी,

हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो होली पर्व (फाेटाे फिचर )

काठमाडौँ, २९ फागुनः फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा

मुग्लिङ–पोखरा सडक

मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा दोस्रो चरणको कालोपत्र गरिएपछिको सडक । तस्बिर : सागर गिरी/रासस

उपभोक्ताको प्रतिक्षामा फलफूल व्यापारी

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर –२ स्थित दुर्गाचोकमा व्यापारीले बिक्री गर्न राखेको फलफूल । तस्बिरःसञ्जीतकुमार मण्डल/रासस

साइकल बोर्डमा सयर गर्दै पर्यटक

पर्यटकीय राजधानी पोखराको फेवातालमा बुधबार साइकल बोर्डमा सयर गर्दै पर्यटक । तस्बिरः राधिका कँडेल/रासस