फोटो कथा

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक

अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत म्याग्दीको भुरुङ्ग तातोपानीदेखि घोडेपानीतर्फ जाँदै गरेका पर्यटकहरु चित्रमा थकान मेटाउदै । अन्नपूर्ण चक्रीय पदमार्गमा केही दिनयता पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौंको तारकेश्वरस्थित मनमैजुमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै महिला स्वयंसेविका । नेपाल सरकारले देशभर आज र भोलि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने

छठ पर्वको तयारी गरिँदै

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–४ स्थित बजारमा छठ पर्वका लागि नाङ्लो र डालो किनमेल गर्दै महिला । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

मखमली फूल खेती

दाङको घोराही उपमहानगरपालिका–१४ झिंगौरामा बिरेन्द्र खड्काले तिहारलाई लक्षित गरेर व्यववसायिक रुपमा गर्नु भएको मखमली फूल खेती । उहाँले विगत लामो समयदेखी फूल खेती गर्दै आउनुभएको छ । तस्बिर : सुशीला

तरकारी किनमेल

काठमाडौँ महानगरपालिका-१६ स्थित माछापोखरी सडक छेउमा बिहीबार बिहान तरकारी किनमेल गर्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल / रासस

स्याब्रु नृत्य प्रस्तुत गर्दै स्थानीयवासी

शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र साल्दाङमा स्याब्रु नृत्य प्रस्तुत गर्दै स्थानीयवासी । स्याब्रु यहाँको मौलिक नाच हो । तस्बिरः हेमन्त केसी/रासस

धानका मुठा बाढ्दै

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान बिहीबार खेतमा काटेको धानका मुठा बाढ्दै । दसैँ मनाएका किसान अहिले धान भित्राउने कार्यमा व्यस्त छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

घाँसदाउरा लिएर घर फर्कँदै महिला

सुनसरीको चारकोसे जङ्गलबाट आइतबार घाँसदाउरा लिएर घर फर्कँदै इटहरी तरहराका स्थानीय महिला । तस्बिरः नवीन गड्तौला/रासस

दुर्गा भवानीको मूर्ति विसर्जनको लागि लैजाँदै भक्तजन

महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित दुर्गा चोकमा बडादसैँमा पूजाको लागि निर्माण गरिएको दुर्गा भवानीको मूर्ति आज विसर्जनको लागि लैजाँदै भक्तजन । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

मुस्ताङमा लिङ्गे पिङको रौनक

मुस्ताङको थासाङ गाउँपालिका–२ सौरुका स्थानीयहरु दसैँको अवसर पारेर लिङ्गे पिङमा रमाउँदै । पछिल्लो समय मुस्ताङमा पनि दसैँको बेला स्थानीयहरु लिङ्गे पिङ बनाएर मनोरञ्जन लिने गर्छन् । तस्बिरः सुशील थकाली/रासस