
तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा कात्तिकको पहिलो मङ्गलबार फूलको डोली भित्र्याउन भक्तजनको घुइँचो । फूलको डोली भित्र्याउन करिब पाँच हजार भक्तजन आएको मन्दिर व्यवस्थापन समितिको अनुमान छ । तस्बिर:

मकवानपुर जिल्लाको चित्लाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल । यस अस्पताललाई सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधारका साथै सेवा विस्तार गरिएको छ। तस्बिरः सुरेश आचार्य/रासस

दाङको घोराही उपमहानगरपालिका– १३, तुरुन्तपुरमा डुम्बरगाउँका इन्द्रा बुढाले तिहारलाई लक्षित गरेर गरिएको व्यावसायिक सयपत्री फूलखेतीमा फुलेको फूल टिपिँदै । तस्बिरः सुशीला ओली/रासस

जिल्ला सदरमुकाम तम्घासमा बरामद गरिएको अवैध रूपमा उत्पादन गरेको घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गर्दै सुरक्षाकर्मी । प्रहरीले सदरमुकामका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ ६५५

सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउने भएपछि शहिदचोकमा परिचालित सुरक्षाकर्मी । रवि समर्थक र सहकारी पीडितपक्षको प्रदर्शनलाई लक्षित

घोराही उपमहानगरपालिका–१५ भरतपुरमा भाष्कर पङेनी र दशरथ साउदले तिहार लक्षित सयपत्री फूलखेती । तस्बिरः रञ्जिता अधिकारी/रासस

मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा आइतबार जारी सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा झापा ११ फुटबल क्लब र भोजपुर जिल्ला फुटबल क्लव प्रतिस्पर्धा गर्दै।

तिसौँ राष्ट्रिय कण्डम दिवसको अवसरमा शनिबार नेपालगञ्जको त्रिभुवनचोकमा निःशुल्क कण्डम वितरण गर्दै स्वास्थ्यको क्षेत्रमा कार्यरत संङ्घसंस्थाका प्रतिनिधि । तस्बिरः भेषराज बस्नेत/रासस

सुनसरीको इनरुवा नगरपालिका-२ मा तिहारका लागि माटाको दियाे बनाउँदै कुमाले । तिहारमा माटाको दियाेकाे माग बढ्ने कुमाले बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस