फोटो कथा

कबड्डी प्रतियाेगिता

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा आइतबार पोखरेबगरमा शुरु भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डी खेलमा प्रतिस्पर्धा गर्दै प्रभा मावि नारच्याङ र कैलाश मावि दोवाका खेलाडीहरु । तीन दिनसम्म सञ्चालन

सामूहिक चौँरीपालन

डोल्पाको जगदुल्ला गाउँपालिका-४स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरीहरु। यस फर्ममा स्थानीय मिलेर सामूहिकरूपमा पाँचसय भन्दा धेरै चौँरीपालन गरेका छन् । चौँरी फर्मले दुध, दही, महि, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा

एयर बेलुनबाट दृश्यावलोकन

कास्की, पोखराको आकाशमा साहासिक गतिविधिमा रमाउने पर्यटकलाई लिएर हिमश्रृङ्खला दृश्यावलोकन गराइरहेको हट एयर बेलुन । तस्बिरः जमुनावर्षा शर्मा/रासस

प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति मस्कबीच भर्चुअल संवाद

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग भर्चुअल संवाद गर्दै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

नेपाली सेनाको मानार्थ महारथी पद प्रदान समारोहमा

राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्ने समारोहमा सलामी अर्पण गर्दै भारतीय सेनाका सेनापति उपेन्द्र द्विवेदी । तस्बिरः प्रदीपराज वन्त/रासस

जलाशयमा माछाको भुरा छाडिदै

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीको आयोजनामा बिहीबार दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गुलेरियाको कृत्रिम जलाशयमा माछाका भुरा छाडिदै । विश्व मत्स्य दिवसका अवसरमा जलाशयमा चौध हजार माछाका भुरा

बुङ झरना

अन्नपूर्ण पदमार्गस्थित लमजुङ मस्र्याङदी गाउँपालिका–४ च्याम्चेमा रहेको बुङ झरना । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो झरना ‍सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटर दूरीमा पर्दछ । तस्बिरः बिराट न्यौपाने/रासस

सिद्राको व्यापार

सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका माछाको सिद्रा। सिद्रा स्थानीय बजारमा किलोको ३२० रुपियाँले बिक्री हुने व्यापारी बताउँछन्। तस्बिरः नवीन गड्तौला/रासस

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । 

खनियाखर्क बजारमा बेच्न राखिएका स्थानीय उत्पादन

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा बेच्न राखिएका स्थानीय उत्पादन । यतिबेला यस बजारमा जुनार, जुनारको जुस, सुन्तला, अब्बा, अमला, अकबरे खुर्सानी, काक्रो, स्कुस, बोडीलगायतका स्थानीय उत्पादन पाइन्छ । बिपी राजमार्गमा