आज सुनको मूल्य प्रतितोला २ हजारले ओरालो लाग्यो


 


काठमाडौं,चैत्र ४

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको भने चाँदीको मूल्य पनि घटेर प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो । गत हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । एक हप्तामै ७ हजार २ सयले घटेको छ ।

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्