५ सयले बढ्यो सुनको मूल्य


 


काठमाडौं,चैत्र ७

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ५ सयले बढेर प्रतितोला रु ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन प्रतितोला रु ७५ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ ।

यस्तै, शुक्त्रबार चाँदीको मूल्य पनि बढेको छ । आज, चाँदी तोलामा रु २० ले बढेर प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्