कोरोना भाईरस रोकथामका लागि धनगढीको सिद्धार्थ बैँकद्धारा १० लाख सहयोग


 


धनगढी,चैत १५

धनगढीको सिद्धार्थ बैँकले कोरोना भाईरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ।

शनिबार बैकको प्रदेश कार्यालयका प्रमुख पवन चन्द्र अधिकारी र धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका छन।

चेक बुझ्दै मुख्यमन्त्री भट्टले संकटको समयमा बैकले गरेको सहयोग प्रति धन्यावाद व्यक्त गरेका थिए ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्