सुदूरपश्चिम सरकारको राहत कोषमा ३ ओटा बैंकद्धारा २० लाख सहयोग


 


धनगढी,चैत २०

सुदूरपश्‍चिममा कोरोना भाइरसको संक्रमण रोकथामका लागि यहाँ रहेका बैंकहरुले आर्थिक सहयोग गरेका छन ।

सुदुरपश्चिम प्रदेश कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा बिहिवार यहाँका तिनओटा बैंकले २० लाख आर्थिक सहयोग गरेको मुख्यमन्त्रीका स्वकीय सचीव शिवसिंह ओलिले जानकारी दिए ।

उनले कुमारी बैंक लिमिटेडले १० लाख, गरिमा बिकास बैंक लिमिटेडले ५ लाख र माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख रुपैया सुदुरपश्चिम प्रदेश कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषका लागि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई चेक हस्तान्तरण गरेको बताए ।

चेक हस्तान्तरण गर्दै कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख दीपक खनाल, गरिमा बिकास बैंक लिमिटेडका धनगढी शाखा प्रमुख यादव प्रसाद पन्त र माछापुच्छ्रे बैंक लिमिटेडका प्रदेश प्रमुख हरिलाल ऎरले प्रदेश सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम सहयोग गरिएको बताए।रकम सहयोग गर्ने सम्पुर्णलाई मुख्यमन्त्री भट्टले धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्