राष्ट्र बैंकको गभर्नरमा अधिकारी नियुक्त


 


काठमाडौं, चैत्र २४
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्र बैंकको गभर्नरमा अधिकारीलाई नियुक्त गरेको हाे । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट सेवा निवृत्त उनी हाल लगानी बोर्डको सीईओको रुपमा कार्यरत छन् । अधिकारी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

उनी नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भएका हुन्। गभर्नर छनौटका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंककै पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका निवर्तमान पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको समितिले गभर्नरमा तीनजनाको नाम सिफारिश गरेको थियो।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्