नेपाल राष्ट्र बैंकका १७ औं गभर्नरमा नियुक्त अधिकारी काे हुन्?


 


काठमाडौं, चैत्र २४
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।राष्ट्र बैंककै डेपुटी गभर्नरबाट सेवा निवृत्त उनी हाल लगानी बोर्डको सीईओको रुपमा कार्यरत छन् । अधिकारी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

उनी नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भएका हुन्। गभर्नर छनौटका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंककै पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका निवर्तमान पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको समितिले गभर्नरमा तीनजनाको नाम सिफारिश गरेको थियो।

अधिकारी १६औं गभर्नर सिफारिस गर्दा पनि ३ जनाको सूचीमा परेका थिए  । जागरिबाट अवकाश पाएको ४ वर्षपछि आगामी ५ वर्ष नेतृत्वदायी भूमिका लिएर अधिकारी राष्ट्र बैंक फर्किन सफल भएका छन् ।

नेपाल राष्ट्र बैंकको १७औं गभर्नर बनेका छन्, महाप्रसाद अधिकारी । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने अधिकारी ४ वर्षपछि गभर्नर बनेर राष्ट्र बैंक फर्कँदै छन् । राष्ट्र बैंकमा उनले डेपुटी गभर्नर बनेर पनि काम गरिसकेका छन् ।

खोटाङमा जन्मिएका अधिकारी चार्टर अकाउन्टेन्सीका विद्यार्थी  हुन् । उनले भारतबाट सीए पास गरेका थिए । २०४२ सालमा राष्ट्र बैंकको जागिरे बनेका अधिकारीले पुस २०७२ राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश पाएका थिए ।

डेपुटी गभर्नरमा सिफारिस हुँदा केही विरोधका स्वर झेलका अधिकारी समस्याग्रस्त घोषणा भएको नेपाल बंगलादेश बैंक सम्हाल्ने जिम्मेवारीबाट चर्चामा आएका थिए ।

बैंक वित्तीय संस्थाको बासलातमा राम्रो टिप्पणी गर्न सक्ने अधिकारीले घरजग्गा कर्जा सीमामा ल्याउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्