नेकपा माले एमालेमा विलय, ओलीले गरे स्वागत


 


a-male

काठमाडौँ,  असोज १७

नेकपा माले प्रगतिशील जनवादी पार्टी आज नेकपा एमाले मा विलय भएको छ ।
सो पार्टीका महासचिव मधु चालिसेसहित करिब १५० जनालाई आज एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायत नेताले स्वागत गर्नुभएको हो ।

यसअघि नेकपा मालेको केन्द्रीय सदस्य रहनुभएका ललितपुर निवासी चालिसेले एक वर्षअघि पार्टीबाट निष्क्रिय भई नयाँ समूह स्थापना गर्नुभएको थियो ।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीमा आउने सबै नयाँ नेता कार्यकर्तालाई योग्यता र क्षमताबमोजिम उचित जिम्मेवारी दिइने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले पार्टीले सञ्चालन गर्ने संविधान कार्यान्वयनसम्बन्धी अभियानमा सक्रिय सहभागी हुन कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्