विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष


 


दाङ, असोज ३०

दाङका एक जोडीले शनिबार विवाहको अवसरमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको तुलसीपुर–१६ वनहरी बस्ने गीता पोख्रेल र सोही ठाउँका हेमन्त अधिकारीले आफ्नो विवाहको उपलक्ष्यमा आफूहरुले पढेको जनश्रम उच्चमावि खाद्रेमा रु ५० हजार राशिको अक्षयकोषको स्थापना गरेका हुन् ।

विद्यालयमा पढ्ने बालबालिकालाई आफू सक्षम भएरमात्रै विवाह गर्नुपर्छ भन्ने सन्देशका साथै सर्वोत्कृष्ट अङ्क ल्याएर कक्षा १० मा उत्तीर्ण गर्ने दुईजना छात्र र छात्रालाई प्रत्येक वर्ष जेहेन्दार छात्रवृत्ति प्रदान गरी पढ्नका लागि थप प्रेरणा तथा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ आफूहरुले अक्षय कोषको स्थापना गरेको नवविवाहित जोडीले बताएका छन् ।

प्रकाशित मिति: ३० आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्