नेविसंघद्धारा बालसुधार गृहलाई शैक्षिक सामग्री हस्तान्तरण


 


nebisangh

काठमाडौं, असोज ३०
नेविसंघ केन्द्रिय समितिद्वारा वाल सुधार गृह सानोठिमी भक्तपुरमा शैक्षिक सामग्री हस्तानतरण कायक्रम सम्पन्न भएको छ ।

नेविसंघका कार्यवाहक सभापति पूष्प शाहीको सभापत्तित्वमा बालसुधार गृह सानोठिमीमा आइतबार आयोजित कार्यक्रमबीच विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको नेविसंघका एक नेताले जानकारी दिए ।

उनले विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै बाल सुधार गृहलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा सभापति पुष्प शाहीले सुधार गृहमा रहेका सम्पुर्ण विद्यार्थी तथा बालबालिकाहरुले बाहिर जाँदा पनि समाजमा सहज रुपमा घुलमिल हुनसक्ने गरी पारिवारिक वातावरणमा अध्यापन गराइनुपर्ने र बाल अधिकारको हनन नहुने गरि पठन पाठन गर्न आग्रह गरे ।

त्यस्तै प्रमुख अतिथि ज्ञानेन्द्रबहादुर कार्कीले बालसुधार गृहमा रहेका सम्पुर्ण बालबालिकालाई समय र परिवेश सुहाँउदो तरिकाले प्रविधिको माध्यमबाट पठनपाठन गर्न सुझाव दिए ।

कार्यक्रममा नेबिसघंका कार्यबाहक सभापति पुष्प शाही, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा लगायत नेविसंघमा आवद्ध नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ३० आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्