राजनीति मेरो लागि उपयुक्त फिल्ड भएन : गुरुराज घिमिरे



काठमाडौं, वैशाख १३
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरले राजनीति मेरो लागि उपयुक्त फिल्ड नभएकाे बताएका छन् ।

पार्टीमा बस्ने अवस्था नरहेको पूर्वकेन्द्रीय सदस्य घिमिरेले बताए । उनले सक्रिय राजनीतिबाट बिदा लिने मनसायमा आफू पुगेको बताए ।

पार्टीको संस्थापनइतरका नेता डा शेखर कोइराला निकट रहेका उनी उक्त समूहप्रति पनि असन्तुष्ट देखिए ।

पार्टीमा रहेका सबै समूह उस्तै रहेको उनले आरोप लगाए ।

कार्यकर्तालाई अन्याय भयो भनि बोलिदिने नेता पार्टीमा नरहेको उनको निचोड छ ।

स्थानीय तहको निर्वाचन लगत्तै राजनीतिबाट अलग बस्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News