बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै, फिर्ता नभए स्वतः कारबाही



काठमाडौं, वैशाख १६
सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बैठक बस्दै छ ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बैठक बस्न लागेको हो । आजको बैठकमा पनि देशभर गठबन्धन विपरित उठेका बागी उमेदवारहरुलाई फिर्ता गराउने विषयमा छलफल हुनेछ ।

निर्वाचनका सम्बन्धमा तल्ला तहमा भइरहेको गतिविधिका विषयमा पनि छलफल हुनेछ । बैठकमा बागी उमेदवारी फिर्ताबारे छलफल हुने समिति सदस्य तथा जनमोर्चाका नेता हिमलाल पुरिले जानकारी दिए ।

आधिकारिक उम्मेदवारलाई निर्वाचत जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेको हो । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी मनोनयन फिर्ताको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News