उम्मेदवारी फिर्ता लिन आज अपरान्ह ५ बजेसम्म समय, आजै अन्तिम नामावली प्रकाशन गरिने


 


काठमाडौं, वैशाख १६
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजे आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि हिजो साँझ उमेदवारको नामावली प्रकाशन गरेको थियो ।

आज उमेदवारी फिर्ता लिन चाहने उमेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ । आयोगले १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्