देउवाको गृह जिल्लामा विद्रोही मल्लले गरे एमालेसँग तालमेल



काठमाडौं, वैशाख १८
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेसकै एक समूहले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ।

जिल्लाका सातवटै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको नेपाली काँग्रेस डडेलधुराका असन्तुष्ट नेता कार्यकर्ताहरूको नेतृत्व नेपाली काँग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले गरेका छन् ।

पछिल्लो एक दशक नेपाली काँग्रेस डडेलधुराको नेतृत्व गरेका मल्ल डडेलधुराको जिल्ला राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित छन् ।

२०४७ सालदेखि निरन्तर नेपाली काँग्रेसको राजनीतिमा सक्रिय मल्ललाई हाल नेपाली काँग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News