गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीले दियो अन्तिम मौका



काठमाडौं, वैशाख १९
नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।

कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ गते उम्मेदवारी फिर्ता नलिने पार्टीका बागी उम्मेदवारलाई स्वतस् निष्कासनको निर्णय गरेर कारवाही गरेका बेला सत्ता गठबन्धनको अर्को दल माओवादीले भने वैशाख १९ गते सोमबारसम्मको समय दिएको हो।

माओवादी बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले आइतबार वक्तव्य जारी गरेर सोमबार साँझ ५ बजेभित्र बागी ९स्वतन्त्र० उम्मेदवार नभएको र आफ्नो मत पार्टीको आधिकारिक उम्मेदवारमै रहेको स्वघोषणा गर्न निर्देशन गरेका छन्। पार्टी र गठबन्धनको संस्थागत निर्णयमा प्रतिबद्ध रहेको स्वघोषणा गर्न पनि भनिएको छ।

‘उपरोक्त प्रक्रियामा सहभागी नहुने कमरेडहरुका सन्दर्भमा पार्टी विधान र बागमती प्रदेशले जारी गरेको निर्वाचन निर्देशिका २०७९ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइनेछ,’ वक्तव्यमा चेतावनी दिइएको छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News