एमाले अछामद्वारा बागी उम्मेदवारसहित १४ जनालाई कारवाही



अछाम, वैशाख २१
स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएकाे भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्कासन गर्दै कारवाही गरेको छ ।

साँफेबगर नगरपालिका-६ मा वडाध्यक्षका बागी उम्मदेवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहनेगरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै,साेही नगरपालिका-१ मा वडा सदस्यका उम्मेदवार पूर्णकुमार शाह र मय नेपाली, एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्कविरही विक, जिल्ला सल्लाहकार सदस्य बलबहादुर रावल, बद्रप्रसाद धमाला, मंगलसेन नगरकमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका-५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका-९ का अध्यक्ष ध्रुव थापालाई निष्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News