जसपा नेपालका केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण


 


काठमाडौँ, वैशाख २१
सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ।

पश्चिबाबाट पूर्व आईरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेकाे हाे ।

आक्रमणबाट उनी सामान्य घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले उपचारपछि उनी गोलबजारतर्फ लागेको जानाए ।

अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएकाे छ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्