धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको फराकिलो अग्रता



धनगढी, जेठ २
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् ।

शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म ७ हजार ४७० गणना भएको छ । जसमा हमालले ३ हजार ३२९ मत पाएका छन् ।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७, नेकपा एमालेका रणबहादुर चन्दले ७८३ मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत प्राप्त गरे । अहिले पनि मतगणना कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News