भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै


 


काठमाडौं, जेठ २
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन् । मोदी सोमबार बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमार्फत यहाँ उत्रिन लागेका हुन् ।

मोदीसँग लुम्बिनीमा भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै लुम्बिनी पुगेका छन् । उनीसँगै संघीय सरकारका एक दर्जन मन्त्री पनि छन् ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागीलगायत उच्च पदस्थ व्यक्ति आइपुगेका हुन् ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्