धनौजीमा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित


 


जनकपुरधाम, जेठ २
धनौजी गाउँपालिकामा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ ।

धनुषाको धनौजी गाउँपालिका स्थित वडा नं. १ को मतगणनाको क्रममा बढी मतपत्र भेटिएपछि स्थानीयहरुको विरोधमा मतगणना स्थगित भएकाे हो।

धनौजीको वडा नं. १ लखौरीमा कूल खसेको मत संख्यामा १६८९ थियो तर बाकसबाट १७०५ मतपत्र भेटिएपछि विवाद हुँदा मतगणना स्थगन भएकाे हो।

स्थानीयबासीले मतपेटिका परिवर्तन गरेको भन्दै विरोध गरिरहेका छन्।

मतगणना स्थल अहिले तनावग्रस्त अवस्था रहेको छ भने मतदान अधिकृतविरुद्ध नाराजावी र प्रदर्शन भैरहेको बताइएकाे छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्