लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनपछि देउवा र मोदी भूमि पूजा गर्दै


 


काठमाडौं, जेठ २
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्।

मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुद्ध जन्मस्थल लुम्बिनीमा छन्।

साेही क्रममा मोदी र देउवासहितको प्रतिनिधिमण्डलले मायादेवी मन्दिरको दर्शन गरेका छन्।

मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्।

बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका हुन्।

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्