Deshko News
११ आश्विन २०८०, बिहिबार

बाबुराम भट्टराईको गृहनगरमा नेकपा माओवादी केन्द्र विजयी



काठमाडौं, जेठ ५
गोरखाको पालुङटार नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

नेकपा एमाले–जनता समाजवादी पार्टीको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा माओवादीका विवश चिन्तन ६ हजार ७२ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७१६ मत ल्याए ।

त्यसैगर उपप्रमुखमा माओवादीकै बन्दना पाण्डे ५ हजार ७७ मतसहित निर्वाचित भएकी छन् । यो जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पनि हो ।

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News