ललितपुरमा ७९ हजार ८६३ मत गणना : कांग्रेसका चिरिबाबुको जित सुनिश्चित



काठमाडौं, जेठ १०
ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ७९ हजार ८६३ मत गणना हुँदा कांग्रेसका चिरिबाबु महर्जनले ३९ हजार २३२ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण ब्यन्जनकारले २३ हजार ४९२ मत ल्याए ।

यस्तै उपप्रमुखतर्फ एमालेकी मन्जली शाक्यले २३ हजार ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् ।

अब ५ हजार ९९८ मत गन्न बाँकी रहेका छन् । महानगरमा ८५ हजार ८६१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News