भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी



काठमाडौं, जेठ १०
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भइन् । ताजा मतपरिणाम अनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।

उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् ।

मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत आएको छ । भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News