काठमाडौं महानगर : बालेनले कटाए साढे ५४ हजारभन्दा बढी मत, सिर्जना र स्थापितको कति ?


 


काठमाडौं, जेठ ११
काठमाडौं महानगरपालिकामा बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।

ताजा मतपरिणाम अनुसार बालेनले ५४ हजार ७१८ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले ३४ हजार ६०८ मत ल्याइन् ।

बालेन दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जनाभन्दा २० हजार ११० मतले अगाडि छन् ।

यस्तै, एमालेका केशव स्थापित ३३ हजार ९७५ मतसहित तेस्रो स्थानमा रहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्