‘नीति कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो’



काठमाडौं, जेठ १२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुबाएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग दिँदै उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुवाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’

नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुनाहरु रहेको उनले बताए ।

उनले नीति तथा कार्यक्रममा व्याकरण समेत नमिलेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News