बालेनलाई सिर्जनाले दिइन् बधाई



काठमाडौं, जेठ १३
काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाहलाई प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बधाई दिएकी छिन्।

काठमाडौंको मेयरमा निर्वाचित भएपछि साहलाई बधाई दिँदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको उल्लेख गरेकी छिन्।

‘लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसाथ गर्दछु,’ उनले लेखेकी छन्, ‘काठमाडौं महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।’

बिहीबार राति अन्तिम मतपरिणाम घोषणा भएपछि ट्विट गर्दै सिंहले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उमेदवार बनाएको थियो । उनले विजयी हुने गरी मत जित्न नसके पनि मन जित्न सकेको बताइन् ।

आभार, सम्मान र बधाई

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु l विजयी हुने गरि निस्चयनै मत जित्न सकिन तर ..१/२

— Sirjana Singh (@Sirjana_Singh) May 26, 2022

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News