फरक शैलीमा काठमाडौंका मेयर बालेन : शपथदेखि कार्यपालिका बैठकसम्म



काठमाडौं, जेठ १७
पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ बसेको काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न मेयर र उपमेयरको नेतृत्वमा कार्यदल बनाएको छ ।

बैठकले सडकका खाल्टाखुल्टी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम गर्नेगरी दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले सोसम्बन्धी प्रस्ताव गरेका थिए भने उनको प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

यसैगरी, कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णयसमेत गरेको छ । सो कल सेन्टर सात दिनभित्र स्थापना गरिनेछ ।

बैठकमा मेयर साहले निजी रेस्टुरेन्ट, होटल तथा पेटोल पम्पका शौचालयलाई सरोकारवाला पक्षसँगको सहकार्यबाट निःशुल्क रूपमा सञ्ञ्चालनमा ल्याउने विषयलाईसमेत प्रस्तावका रूपमा अघि सारेकोमा त्यसलाईसमेत बैठकले अनुमोदन गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News