आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार पनि सैद्धान्तिक छलफल हुँदै



काठमाडौं, जेठ १८
सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार पनि छलफल हुँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

मंगलबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम बुधबार पनि जारी रहने छ ।

मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको वचाउ गरेका थिए । भने प्रतिपक्ष नेकपा एमाले सांसदहरुले भने चुनाव लक्षित, प्रचारमुखी र स्रोतको व्यवस्थापन नभएको भन्दै बजेटको आलोचना गरेका थिए ।

एमालेले आउँदो संघीय निर्वाचनमा मत माग्नेगरी सरकारले बजेट ल्याएको टिप्पणी गरेको हो । बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको एमालेको निष्कर्ष छ । ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन निर्देशन समेत दिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News