बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै, आवश्यक सुरक्षाकर्मी तैनाथ



बाजुरा, असार २३
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदैछ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएपछि आज पुनः मतदान हुन लागेको हो ।

निर्वाचन कार्यालयका अनुसार बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ । गत बैशाख ३० गते मतदानका दिन नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिने घटना भएपछि नगरपालिकामा मतगणना स्थगित भएको थियो ।

कांग्रेसले पुनस्मतदानको माग गरेको थियो भने एमालेले गणनाको माग गरेको थियो। नगरपालिकाभित्रका विभिन्न मतदान केन्द्रमा तनावको अवस्था सिर्जना हुँदा मतगणना प्रभावित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News