बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा एमाले विजयी



बाजुरा, असार २६
बुढीगंगा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका रामबहादुर बानियाँ विजयी भएका छन्।

उनले ४ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रंगबहादुर खातीलाई १ हजार ३ मतान्तरले पछि पार्दै बानियाँ मेयरमा निर्वाचित भएका हुन्। खातीले ३ हजार ७७४ मत प्राप्त गरे।

यस्तै, उपमेयरमा एमालेकी माया खड्काले ४ हजार ७२७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्दी रिता शाहीले ३ हजार ७५५ मत प्राप्त गरिन्।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News