जसपा संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने निर्णय



काठमाडौं, असार ३१
जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् ।

पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो ।

संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने बैठकले निर्णय गरेको नेता प्रकाश अधिकारीले जानकारि दिए ।

पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई जसपाले बिहीबार कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News