राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लि.मा नेपाल बैंक लिमिटेडको एटिएम संचालन



काठमाडौं, साउन ९
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लि.को प्राङ्गणमा एटिएम संचालनमा ल्याएको छ ।

सोमवार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बिमा कम्पनी लि.का संचालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटिएमको समुद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थी, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News