सरकारप्रति राष्ट्रपति भण्डारी असन्तुष्ट


 


काठमाडौं, साउन ११
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएका बेला सरकारले फजुल खर्च नियन्त्रण र मितव्ययीता अबलम्बन गर्न नसकेको गुनासो गरेकी छिन् ।

विभिन्न सञ्चारमाध्यमका प्रकाशक र सम्पादकसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित भेटघाट कार्यक्रममा सरकारप्रति असन्तुष्ट देखाएकी राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन कठोरतापूर्वक पालना गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

सरकारका विभिन्न निर्णयप्रति असन्तुष्टि जनाएकी राष्ट्रपति भण्डारीले पाँचबुँदे लिखित धारणामार्फत हरेक नागरिक, परिवारदेखि राज्यका निकायलाई सकेसम्म खर्च नियन्त्रण गर्न भनेकी छिन् । ‘आर्थिक अनुशासन र मितव्ययीतालाई हामीले जीवन पद्धतिका रुपमा अवलम्बन गर्नुपर्दछ’, उनले भनेकी छिन् ।

अर्थ व्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालले तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी काम थाल्नुपर्ने भन्दै उनले कृषि, वन, पर्यटन र जलविद्युतलाई तुलनात्मक लाभको क्षेत्र मानिएको बताइन् । नागरिक दैनिकबाट

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्