कांग्रेसले सम्मानपूर्वक सिट नदिए एक्लै चुनाव लड्ने अवस्था आउन सक्छ : माधव नेपाल



कास्की, साउन २२
नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक्लै पनि चुनाव लड्ने अवस्था आउने सक्ने बताएका छन् ।

शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गठबन्धनमा कांग्रेसले सम्मानपूर्वक सिट नदिए एक्लै चुनाव लड्ने अवस्था पनि आउन सक्ने बताएका हुन् ।

उनले एक्लै चुनाव लड्ने गरी तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए । उनले चित्तबुझ्दो सिट बाँडफाँट भए गठबन्धनबाटै चुनाव लड्ने बताए ।

आफूहरूको माग कति सिट भन्ने विषयमा भने नेपाल बोलेनन् । उनले गठबन्धनबाट चुनाव लड्दा कसलाई कति सिट भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News