निर्वाचन कार्यतालिका स्वीकृत, असोज २३ गते उम्मेदवारी दर्ता


 


काठमाडौं, साउन २४
निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनको निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असार २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ ।

यस्तै अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुनेछ । त्यसैको आधारमा असोज २८ देखि मतपत्र छपाइ गर्ने तय गरिएको आयोग स्रोतले जनाएको छ । मतपत्र छाप्नमात्रै एक महिना लाग्नेगरी आयोगले कार्यतालिका बनाएको छ ।

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । यस्तै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत हुने क्रममा छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि आयोग परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । आयोगका अनुसार साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

प्रकाशित मिति: २४ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्